१ माघ २०८२, बुधबार । January 14, 2026

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ बर्षाको सम्भावना ?



काठमाडौं । देशभर हाल पश्चिमी वायु र स्थानीय हावाको प्रभाव कायम छ।

साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले मौसममा परिवर्तन ल्याइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेश र गण्डकी प्रदेशसहित देशका धेरै पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी क्षेत्रहरूमा पनि मुख्यतया सफा वा आंशिक बदली देखिन सक्छ।

केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि रहेको छ। सोमबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायतका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। देशका उच्च हिमाली भू-भागमा भने हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

मधेस प्रदेश र तराई क्षेत्रका केहि स्थानहरूमा हावाहुरीको जोखिम पनि छ। वर्षा र हावाहुरीका कारण दैनिक जीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले, मौसम विभागले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

अतः जनजीवनमा हुने असुविधाबाट बच्न पूर्व तयारी गर्नु अत्यावश्यक रहेको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ९ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले