१ माघ २०८२, बुधबार । January 14, 2026

गुल्मीमा मोटरसाइकल दुर्घटना : सब इन्जिनियरको मृत्यु



गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको घटनास्थलमै ज्यान गएको छ।

रेसुङ्गा नगरपालिका–५ सिमाघाटबाट तम्घासतर्फ जाँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाङ गडवा गाउँपालिका–३ निवासी २६ वर्षीय निशान चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गंगाबहादुर सारुले दिएको जानकारी अनुसार, चौधरीको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खस्दा दुर्घटना भएको हो।

इन्द्र एमके जेभीमा सब इन्जिनियरको रूपमा कार्यरत चौधरी आइतबार साँझ धुर्कोटबाट तम्घास जाँदै थिए। स्थानीय बासिन्दाका अनुसार घटना राति करिब १० बजेतिर भएको अनुमान गरिएको छ। सोमबार बिहान सवारी साधन सडकछेउको नालीमा च्यापिएको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर रातिको समय भएकाले तत्काल उद्धार सम्भव हुन सकेन।

प्रहरीले मृतकका परिवारलाई जानकारी गराइसकेको छ भने शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले