२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

कर्पोरेट महिला बाइक र्‍याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश



काठमाडौं । कर्पोरेट समाचारद्वारा आयोजित “कर्पोरेट महिला बाइक र्‍याली २०२५”भव्य रूपमा सम्पन्न भएको छ।

महिलाको साहस, आत्मविश्वास र सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ४७ जना महिला बाइक राइडरले सहभागिता जनाएका थिए। र्‍याली रोयल इन्फिल्डको सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन समारोहमा नेपालकै पहिलो महिला स्कुटर चालक तथा स्वतन्त्रता आन्दोलनकी अग्रणी महिला कमला श्रेष्ठ, नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरी, पूर्व अध्यक्ष कृष्णप्रसाद दुलाल, रोयल इन्फिल्ड नेपालका निर्देशक मेघराज पौड्याल, तथा कर्पोरेट समाचार अनलाइनकी अध्यक्ष संगिता खत्रीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कमला श्रेष्ठले भनिन्, “बाइक चलाएर महिलाहरुले केवल सवारी मात्र होइन, आत्मविश्वास र क्षमताको प्रदर्शन पनि गरिरहेका छन्। नेतृत्व होस् या साहसिक कार्य, महिलाहरु अब कसैभन्दा पछि छैनन् भन्ने यो र्‍यालीले प्रस्ट पारेको छ।” नाडा अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको उल्लेख गर्दै यस्तो कार्यक्रमले अझ प्रोत्साहन मिल्ने बताए। “महिला बाइक र्‍यालीले नारी सहभागिता र योगदानको कदर गर्न सघाउनेछ,” उनले भने।

पूर्व अध्यक्ष कृष्णप्रसाद दुलालले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश दिने बताए। “महिला बाइक राइडरहरू केवल सडकमा हैन, सामाजिक सोच परिवर्तनमा पनि अगाडि छन्,” उनले जोड दिए। रोयल इन्फिल्डका निर्देशक मेघराज पौड्यालले भने, “महिला राइडरहरूको आत्मबल र क्षमताले हामीलाई गर्व लागेको छ। आगामी दिनमा अझ धेरै यस्ता साहसिक यात्रामा साथ दिन प्रतिबद्ध छौं।”

र्‍याली काठमाडौंबाट सुरू भएर नगरकोटसम्म पुगेको थियो । राइडरहरुको सडक सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै अल्का अस्पताल जाउला खेलबाट एम्बुलेन्स सहित मेडिकल साहायता प्रदान गरिएको थियो । नगरकोट पुगेका राइडरहरूलाई भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौवाञ्जाले स्वागत गरिन्। उनले भनिन्, “महिलाहरु अब घरको सीमामा मात्र होइनन्, सडकदेखि नेतृत्वसम्म हरेक क्षेत्रमा अगाडि छन्।

यस्तो साहसिक यात्राले त्यो सन्देशलाई थप बलियो बनाएको छ।” कार्यक्रमको समापनमा आयोजक संस्था कर्पोरेट समाचार अनलाइनकी अध्यक्ष संगिता खत्रीले सम्पूर्ण सहभागी तथा सहकार्य गर्ने संस्थालाई धन्यवाद दिँदै भनिन्, “महिलाहरूको आत्मबल र उत्साह देख्दा हामी अझ धेरै यस्ता कार्यक्रम ल्याउन प्रेरित भएका छौं।”

कार्यक्रममा सहभागी महिला राइडरहरूलाई मायाको चिनो र प्रशंसा–पत्र प्रदान गरियो। यस्ता गतिविधिहरूले महिला सशक्तीकरणमा मात्र होइन, सामाजिक सोच परिवर्तनमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको