१ माघ २०८२, बुधबार । January 14, 2026

प्रतिनिधिसभा बैठक बस्दै, तीन महत्वपूर्ण विधेयकमा छलफल हुने



काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा तीनवटा महत्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।

बैठकको प्रमुख एजेन्डा अन्तर्गत ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरिनेछ। यी दुवै विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संसदमा पेस गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट पारित भई आएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, छलफलपछि सो विधेयक पारित गर्ने सम्भावित कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरेको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार, ती विधेयकहरूमाथिको निर्णय प्रक्रियाले शिक्षा, स्वास्थ्य र उड्डयन क्षेत्रको व्यवस्थापनमा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले