१ माघ २०८२, बुधबार । January 14, 2026

चितवनको रत्ननगरमा यात्रुबाहक बस दुर्घटनाः १५ जना घाइते



चितवन । चितवनको रत्ननगर नगरपालिका–१० अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा एक यात्रुबाहक बस डिभाइडरमा ठोक्किँदा भएको दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्।

लहानबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए। दुर्घटनाको बेला बसमा कुल ३९ जना सवार थिए। घाइतेमध्ये चार जनालाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको छ भने अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ।

सबै घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ८ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले