१ माघ २०८२, बुधबार । January 14, 2026

आजको मौसमः देशभर बदलीसहित वर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल देशका अधिकांश पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीको स्थिति छ भने तराई तथा बाँकी क्षेत्रहरूमा मौसम मुख्यतः सफा देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हाल हल्का वर्षा भइरहेकाले मौसममा चिसोपन बढेको छ। कतिपय स्थानहरूमा चट्याङ पनि देखिएको जनाइएको छ। दिउँसोको मौसम पूर्वानुमानअनुसार, कोशी, बागमती र गण्डकी प्रदेश लगायत पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

यी प्रदेशका थोरै स्थानहरूमा र अन्य पहाडी भागहरूका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने मौसमविद्हरूको अनुमान छ। रातिको समय अझ चिसो हुने देखिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी स्थानहरूमा र अन्य भू–भागका एक–दुई ठाउँहरूमा चट्याङसहित हल्का वर्षा हुन सक्छ। त्यस्तै, हिमाली भूभागहरूमा फेरी पनि हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार, देशमा हाल पश्चिमी वायु प्रणाली र स्थानीय वायुले प्रभाव जमाइरहेका छन्।

साथै, बङ्गालको खाडी र अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको छ, जसले वर्षालाई अझ सक्रिय बनाएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले