२२ माघ २०८२, बुधबार । February 4, 2026

काठमाडौंमा चिनियाँ उपाध्यक्ष सियाओ: सगरमाथा संवाददेखि सांस्कृतिक यात्रासम्म



काठमाडौं । नेपाल – चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष सियाओ जी चारदिने नेपाल भ्रमणमा बुधबार राति काठमाडौं आइपुगेका छन्। १५ सदस्यीय उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सियाओ नेपाल आएका हुन्।

नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सम्मेलन ‘सगरमाथा संवाद’ मा भाग लिन उनी काठमाडौं आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालस्थित चीनका राजदूत छङ सोङ, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयलगायतले सियाओलाई स्वागत गरेका थिए।

सियाओको यो भ्रमण उपसभामुख इन्दिरा रानामगरको औपचारिक निमन्त्रणामा भएको हो। भ्रमणको क्रममा सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, र उपसभामुख इन्दिरा रानामगरसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। उपसभामुख रानामगरले सियाओको सम्मानमा विशेष रात्रिभोजको आयोजना पनि गर्दैछिन्।

राजनीतिक भेटघाटसँगै चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौंस्थित सांस्कृतिक तथा ऐतिहासिक स्थलहरू — बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर दरबार क्षेत्र, र भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्ने कार्यक्रम समेत रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।

चारदिने यो भ्रमणपछि उपाध्यक्ष सियाओ नेतृत्वको प्रतिनिधिमण्डल जेठ ३ गते दिउँसो स्वदेश फर्किने कार्यक्रम छ।

यस भ्रमणलाई नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउने अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल