२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी



काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा आज बिहान भीषण आगलागी हुँदा एक वृद्धाको ज्यान गएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीमा परेर काभ्रेपलाञ्चोक घर भई हाल मखनटोलमा बसोबास गर्दै आएकी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको हो। प्रहरीका अनुसार बिहान ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठको पुरानो घरमा आगो लागेको थियो। आगो छेउमै रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत फैलिएको थियो।

बिहान करिब ७ बजेतिर सुरु भएको आगलागी तीन घण्टापछि, बिहान १० बजे पूर्ण नियन्त्रणमा आएको थियो। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो। साथै जुद्ध बारुण यन्त्रालयका दुई, नेपाली सेनाको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटीको एक र बालाजु औद्योगिक क्षेत्रको एक गरी जम्मा छ वटा दमकल प्रयोग गरिएको थियो।

अहिले घटनास्थलमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छन् भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  १ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको