१ माघ २०८२, बुधबार । January 14, 2026

मखन टोलमा लागेको आगो नियन्त्रणमा, कति भयो क्षति ?



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा सोमबार बिहान लागेको आगलागी नियन्त्रणमा आएको छ।

स्थानीय बासिन्दा, सुरक्षाकर्मी, नेपाली सेना र दमकलकर्मीहरूको समन्वित प्रयासपछि आगो पूर्ण रूपमा निभाइएको हो। आगलागी नियन्त्रणका लागि काठमाडौं र ललितपुरबाट आएका ६ वटा दमकल प्रयोग गरिएको थियो। प्रहरीका अनुसार, आगलागीमा परी एक महिलाको ज्यान गएको छ। मृतकको पहिचान हुन बाँकी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन्।

आगो सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको चार तले कच्ची घरबाट सुरु भएको हो। माटो र काठले बनेको घरको तेस्रो तलामा ग्याँस लिक भएपछि आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दयाराम श्रेष्ठको घरसँगै रहेको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत आगो सल्किएको थियो। दुई घरमा ठूलो भौतिक क्षति पुगेको बताइएको छ।

हाल घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीहरूले थप अनुसन्धान गरिरहेका छन्। आगलागीको पूर्ण विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  १० : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले