१ माघ २०८२, बुधबार । January 14, 2026

काठमाडौंको मखनटोलमा भिषण आगलागी, एक महिलाको मृत्यु



काठमाडौं । काठमाडौंको मखनटोलस्थित एक घरमा ग्यास लिक भएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।

घटनास्थल काठमाडौं महानगरपालिका–२४ को मखन गल्लीमा पर्ने दयाराम श्रेष्ठको घरमा आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहान घरमा ग्यास लिक भएपछि आगो सल्किएको हो। आगो तीव्र गतिमा फैलिँदा छिमेकी घरमा समेत सरेको र ठूलो क्षति हुनसक्ने भन्दै तत्कालै उद्दार कार्य अघि बढाइएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र काठमाडौं महानगरपालिकाको टोली आगो नियन्त्रणमा लिन खटिएको छ। काठमाडौं र ललितपुरबाट दमकलहरू ल्याएर आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ। घटनामा परी एक महिलाको ज्यान गएको पुष्टि भए तापनि मृतकको सनाखत भइसकेको छैन।

विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। स्थानीयवासीलाई सुरक्षित रहन र आगो नजिक नजान अनुरोध गरिएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले