१ माघ २०८२, बुधबार । January 14, 2026

काभ्रे प्रि–मनसुन बाढीः बेपत्ता महिलाको अवस्था अझै अज्ञात



काठमाडौं । काभ्रे जिल्लामा सोमबार अपराह्न आएको आकस्मिक बाढीले एक महिला बगाएर बेपत्ता बनाएकी छन् भने बीपी राजमार्गको एक भाग पूर्ण अवरुद्ध भएको छ।

पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी बाढीले बगाएपछि बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार बेलुकी खोज कार्य असम्भव भएपछि स्थगित गरिएको थियो, तर मंगलबार बिहानदेखि पुनः खोजी कार्य सुरु गरिएको छ।बाढीले पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्ती क्षेत्रहरूमा भौतिक क्षति पुर्याएको छ।

विशेषगरी रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा अस्थायी डाइभर्सन बगाएपछि बीपी राजमार्ग दुईतर्फी रूपमा ठप्प भएको हो। गत असोजमा आएको बाढीले सडक बगाएपछि ह्युमपाइप प्रयोग गरी अस्थायी बाटो बनाइएको थियो, तर सोही संरचना सोमबार पुनः बाढीले बगाएपछि यातायात अवरुद्ध भएको हो।

प्रहरीका अनुसार आज बिहानैदेखि बाटो मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ। पूर्वबाट काठमाडौंतर्फ आउने सवारीहरूलाई खुर्कोट र नेपालथोकमा रोकिनु परिरहेको छ भने काठमाडौंबाट बाहिरिने गाडीहरूलाई भकुण्डेबेसीमा रोकिएको छ।

स्थानीय प्रशासनले बाढीको असर न्यून पार्न र बेपत्ताको खोजीमा समन्वय गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले