२२ माघ २०८२, बुधबार । February 5, 2026

पश्चिमी, स्थानीय र जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले पहाडी क्षेत्रको मौसम बदली



काठमाडौं । हाल देशभरि मौसममा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट प्रवेश गरिरहेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यिनै प्रभावका कारण देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भूभागमा मौसम प्रायः सफा देखिएको छ। आज दिउँसो कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा र अन्य पहाडी क्षेत्रमा एक वा दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षासँगै हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

हिजो पनि गुल्मी, स्याङ्जा, काभ्रेपलान्चोक लगायतका केही क्षेत्रमा भारी वर्षा भएको थियो। यस्तो मौसमले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल