४ असार २०८३, बिहिबार । June 18, 2026

भारत–पाकिस्तान युद्धविरामः जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता


२८ बैशाख २०८२, आइतबार  

24
Shares

काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनाव शान्तिपूर्ण दिशातर्फ मोडिए पनि भारत प्रशासित जम्मू-कश्मिर क्षेत्रमा अझै पनि उच्च सतर्कता अपनाइएको छ।

चार दिनसम्म चुलिएको तनाव शनिबार साँझ ५ बजेदेखि अकस्मात् युद्धविरामको घोषणासँगै थामिएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार, युद्धविरामपछि पनि भारत(पाकिस्तान सीमा क्षेत्रहरूमा भारतीय सुरक्षाकर्मीहरू उच्च सतर्क अवस्थामा खटिएका छन्। विशेषगरी जैश-ए-मोहम्मद आतंकी समूहका घुसपैठ प्रयासहरू हुन सक्ने भन्दै सुरक्षा संयन्त्रहरू चनाखो बनाइएका छन्।

शनिबार युद्धविराम भएको घोषणा भए पनि पाकिस्तानले श्रीनगरलगायतका केही क्षेत्रहरूमा हवाइ आक्रमण गरेको रिपोर्टहरू सार्वजनिक भएका छन्। रातको समयमा पाकिस्तानी ड्रोनहरू देखिएपछि पठानकोट, गुरदासपुर र बठिन्डाजस्ता क्षेत्रमा ब्ल्याकआउट गरिएको थियो भने साइरनसमेत बजाइएको थियो।

पाकिस्तानले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै भारतले आफ्ना सबै रक्षा प्रणालीहरू सक्रिय बनाएको थियो। यद्यपि, त्यसपछि पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले एक्समार्फत युद्धविरामको स्वागत गरेका थिए, जसपछिनै पाकिस्तानको विदेश मन्त्रालयले आधिकारिक रूपमा शान्तिपूर्ण बाटोमा अडिग रहेको विज्ञप्ति जारी गरेको हो।

भारतले जम्मूकश्मिरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलामा पाकिस्तानको संलग्नता देखाउँदै अपरेसन सिन्दुर सञ्चालन गरेर कारबाही सुरू गरेको थियो।

जवाफमा पाकिस्तानले अपरेसन बनयान-उल-मर्सुस घोषणा गर्दै प्रतिआक्रमण गरेको थियो।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा