१ माघ २०८२, बुधबार । January 14, 2026

पश्चिमी वायुको प्रभाव बढ्दोः आज कुन-कुन ठाउँमा छ बर्षाको सम्भावना ?



काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव जमाउँदै लगेको छ।

साथै, बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले मौसममा परिवर्तन देखा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो मुलुकका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई तथा बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पनि हुनसक्नेछ। रातिको समय पनि केही फरक हुने छैन। देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम प्रायः सफा रहनेछ।

एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहने मौसमविद्हबचले बताएका छन्। यात्रा, खेतीपाती वा पर्वतारोहणका योजना बनाइरहेका व्यक्तिहरूलाई मौसममा देखिएको यो परिवर्तनलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले