८ कार्तिक २०८३, आइतबार । October 26, 2026

भारत–पाकिस्तान तनावः २४ विमानस्थल बन्द, सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च


२६ बैशाख २०८२, शुक्रबार  

21
Shares

काठमाडौं । भारतले हालै सञ्चालनमा ल्याएको ‘अपरेशन सिन्दूर’ पश्चात् भारत–पाकिस्तानबीचको तनाव झनै चर्किएको छ।

पछिल्ला ३६ घण्टामा सीमावर्ती क्षेत्रमा परिस्थितिहरू तीव्र रूपमा परिवर्तन भएका छन्। स्थिति जटिल बन्दै गएपछि भारत सरकारले सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै पञ्जाब, जम्मू–कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशमा पर्ने २४ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेको छ।

यी क्षेत्रहरू पाकिस्तानसँगको सीमा नजिक वा रणनीतिक रूपमा संवेदनशील मानिन्छन्। भारतीय अधिकारीहरूका अनुसार पाकिस्तानले पठानकोट, जालन्धर र जैसलमेर जस्ता स्थानहरूमा ड्रोन आक्रमण प्रयास गरेको हुँदा यस्तो कदम चालिएको हो। सम्भावित हवाई तथा ड्रोन आक्रमणबाट नागरिक सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल बन्द गरिएको जनाइएको छ। नागरिक उड्डयन सुरक्षा ब्यूरोले पनि सबै विमानस्थल र एअरलाइनहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन जारी गरेको छ।

एयरलाइन्सहरूले आफ्ना यात्रुहरूलाई ट्राभल एडभाइजरी जारी गर्दै यात्रा स्थगन वा विकल्प खोज्न सुझाव दिएका छन्। यता, पाकिस्तानले बिहीबार राति भारतमा ड्रोन आक्रमण गर्न खोजेको दाबी भारतीय सेनाले सार्वजनिक गरेको छ। जवाफस्वरूप भारतले जम्मूदेखि राजस्थानसम्म ब्ल्याकआउट गरेको थियो। यही कारणले धर्मशालामा जारी आईपीएल खेल—पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको प्रतिस्पर्धा पनि बीचैमा रोकिएको र अन्ततः रद्द गरिएको थियो।

सुरक्षाको थप विवरण दिँदै भारतीय वायु रक्षा बलले पठानकोट क्षेत्रमा पाकिस्तानी वायुसेनाको एक लडाकु विमान र नौशेरा क्षेत्रमा दुई ड्रोन खसालेको दाबी पनि गरेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि