१ माघ २०८२, बुधबार । January 14, 2026

रेशम चौधरी प्रकरणमा गृहमन्त्रीले संसदमा जवाफ दिने



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा गृह मन्त्री रमेश लेखकले संसदमा जवाफ दिने भएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले उक्त विषयमा गम्भीर चासो राख्दै रुलिङ माग गरेका थिए। यद्यपि सभामुख देवराज घिमिरे केहीबेर मौन बसेपछि अन्ततः गृहमन्त्रीले जवाफ दिने जानकारी संसदमा दिएका हुन्। सभामुख घिमिरेले गृहमन्त्री लेखकले यही वैशाख २५ गतेको बैठकमा यो विषयमा प्रस्ट पार्ने मौखिक जानकारी पठाएको जनाएका छन्।

रेशम चौधरी वैशाख १७ गते काठमाडौंस्थित प्रज्ञा भवनमा पक्राउ परेका थिए। उनी त्यहाँ नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकीकरण घोषणा कार्यक्रममा सहभागी हुन पुगेका थिए। तर, सुप्रीम कोर्टबाट जारी भएको भनिएको पक्राउ पुर्जी नै फर्जी भएको पुष्टि भएपछि केही समयमै उनी रिहा भएका थिए।

यो घटनाले देशभर राजनीतिक तहमा चासो मात्र बढाएको छैन, प्रहरी प्रशासन र न्याय प्रणालीको पारदर्शितामाथि समेत प्रश्न उठाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले