१ माघ २०८२, बुधबार । January 14, 2026

संसदमा नीति कार्यक्रममाथि छलफल आजदेखि



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा सोमबारदेखि आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु हुँदैछ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको छ। त्यसपछि सांसदहरूले आफ्नो संशोधन सुझाव प्रस्तुत गर्नेछन् र ती सुझावहरूलाई सम्बोधन गर्दै विस्तृत छलफल अगाडि बढाइने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

यसैबीच, राष्ट्रिय सभामा भने सरकारको नीति तथा कार्यक्रममाथि छलफल आइतबारबाटै सुरु भइसकेको छ। राष्ट्रिय सभाको आजको बैठक दिउँसो १:१५ बजे बस्नेछ।

संसदका दुवै सदनमा नीति तथा कार्यक्रमलाई लिएर हुने बहसले आगामी बजेटको दिशा र प्राथमिकताका विषयमा स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले