१ माघ २०८२, बुधबार । January 15, 2026

वर्षा, मेघगर्जन र हिमपातको सम्भावनाः सावधानी अपनाउन मौसम विभागको आग्रह



काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ, जसका कारण देशका विभिन्न भागमा मौसममा व्यापक परिवर्तन आएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली देखिएको छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिमका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।

सोमबारसम्म सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही भू(भागहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा पनि चट्याङसहितको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

यसका साथै, हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेकोले दैनिक जीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै मौसम विभागले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले