८ चैत्र २०८२, आइतबार । March 22, 2026

देशभरि बदलीः केही दिनसम्म वर्षा, सतर्क रहन आग्रह


२१ बैशाख २०८२, आइतबार  

432
Shares

काठमाडौं । पछिल्लो समय नेपालको पश्चिमी भूभागबाट विकसित भएका वर्षायुक्त बादलहरू पूर्वतर्फ सरेसँगै देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय र पश्चिमी वायुले संयुक्त रूपमा सक्रिय भूमिका खेलेको कारण बदलीको अवस्था देखिएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार साँझ गण्डकी प्रदेशको गोरखा क्षेत्र हुँदै सुदूरपश्चिमको दार्चुलाबाट बादल प्रवेश गरिसकेको छ।

यो बादल हिमाली तथा पहाडी भूभाग हुँदै पूर्वतर्फ सर्दैछ र यसले प्रभावित क्षेत्रहरूमा वर्षा गराइरहेको छ। महाशाखाका अनुसार अहिले लुम्बिनी र गण्डकीका केही भागमा हल्का पानी परिरहेको छ। शनिबार दिउँसो बागमती, गण्डकी, मधेश, सुदूरपश्चिमलगायत हरेक प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ, जसमा बागमती र गण्डकी प्रदेशमा केही बढी पानी परेको छ। आइतबार र सोमबार पनि बदलीको अवस्था यथावत् रहने र केही बढी बदली हुने सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

उनले आगामी दिनमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने उल्लेख गर्दै, अत्यधिक वर्षाको सम्भावना भने न्यून रहेको स्पष्ट पारे। साथै, मौसमको यस्तो अवस्थाले जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो