१ माघ २०८२, बुधबार । January 15, 2026

देशभरि बदलीः केही दिनसम्म वर्षा, सतर्क रहन आग्रह



काठमाडौं । पछिल्लो समय नेपालको पश्चिमी भूभागबाट विकसित भएका वर्षायुक्त बादलहरू पूर्वतर्फ सरेसँगै देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय र पश्चिमी वायुले संयुक्त रूपमा सक्रिय भूमिका खेलेको कारण बदलीको अवस्था देखिएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार साँझ गण्डकी प्रदेशको गोरखा क्षेत्र हुँदै सुदूरपश्चिमको दार्चुलाबाट बादल प्रवेश गरिसकेको छ।

यो बादल हिमाली तथा पहाडी भूभाग हुँदै पूर्वतर्फ सर्दैछ र यसले प्रभावित क्षेत्रहरूमा वर्षा गराइरहेको छ। महाशाखाका अनुसार अहिले लुम्बिनी र गण्डकीका केही भागमा हल्का पानी परिरहेको छ। शनिबार दिउँसो बागमती, गण्डकी, मधेश, सुदूरपश्चिमलगायत हरेक प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ, जसमा बागमती र गण्डकी प्रदेशमा केही बढी पानी परेको छ। आइतबार र सोमबार पनि बदलीको अवस्था यथावत् रहने र केही बढी बदली हुने सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

उनले आगामी दिनमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने उल्लेख गर्दै, अत्यधिक वर्षाको सम्भावना भने न्यून रहेको स्पष्ट पारे। साथै, मौसमको यस्तो अवस्थाले जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले