१ माघ २०८२, बुधबार । January 15, 2026

विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउने सरकारको घोषणा



काठमाडौं । सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न कानुनी र नीतिगत व्यवस्था गर्ने तयारी गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममार्फत विद्यालय शिक्षामा सुधार ल्याउन विशेष पहल गरिने बताए। ‘विद्यालय शिक्षामा देखा परेका समस्याहरू समाधान गर्न नीति र कानुन निर्माण गरिनेछ,’ राष्ट्रपति पौडेलले सम्बोधनमा उल्लेख गरे।

उनले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउँदै ज्ञानको विकासतर्फ अग्रसर गरिने घोषणा पनि गरे। ‘अब विश्वविद्यालय शिक्षा केवल पढाइमा सीमित नरही अनुसन्धान केन्द्रित बन्नेछ,’ उनले भने। सरकारले उद्यमशीलता प्रवर्द्धन गर्ने शिक्षालाई प्राथमिकतामा राख्ने समेत जनाएको छ। यस्तै, पाठ्यक्रममा आवश्यक सुधार गरी समयसापेक्ष बनाउने नीति पनि सार्वजनिक गरिएको छ।

यस नीतिले शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिसँगै व्यवहारिक तथा अनुसन्धानमुखी शिक्षाको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले