२२ माघ २०८२, बुधबार । February 5, 2026

हिमपातसहितको हल्का वर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने



काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त प्रभावका कारण नेपालमा मौसम आंशिकदेखि सामान्य बदली अवस्थामा रहेको छ। कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा हालै हल्का वर्षा भइरहेको छ, कतिपय स्थानमा चट्याङ्सहित वर्षा समेत भएको महाशाखाले जानकारी दिएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी प्रदेश तथा अन्य पहाडी क्षेत्रहरूमा केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा हल्का हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना कायमै छ। महाशाखाले मौसमको यस परिवर्तनले जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पुर्‍याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल