१ माघ २०८२, बुधबार । January 15, 2026

हिमपातसहितको हल्का वर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने



काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त प्रभावका कारण नेपालमा मौसम आंशिकदेखि सामान्य बदली अवस्थामा रहेको छ। कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा हालै हल्का वर्षा भइरहेको छ, कतिपय स्थानमा चट्याङ्सहित वर्षा समेत भएको महाशाखाले जानकारी दिएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी प्रदेश तथा अन्य पहाडी क्षेत्रहरूमा केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा हल्का हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना कायमै छ। महाशाखाले मौसमको यस परिवर्तनले जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पुर्‍याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले