१ माघ २०८२, बुधबार । January 15, 2026

विद्यालय कर्मचारी परिषद्को चेतावनी: सहमति छैन, आन्दोलन अझ कडा बन्छ !



काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै साँझ ७ बजे नयाँ आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएको छ।

नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले सरकारसँगको पछिल्लो सहमति प्रति असन्तुष्टि जनाउँदै आन्दोलनका नयाँ चरणको तयारी थालेको हो। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार सरकार र महासंघबीच भएको सम्झौता परिषद्लाई स्वीकार्य छैन। ‘सरकारसँग भएको सहमति हाम्रो अपेक्षा विपरित छ,’ तिवारीले भने, ‘त्यसैले हामी आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्दैछौं।’

सरकारसँगको सहमतिप्रति असहमति जनाउँदै परिषद्ले विरोध प्रदर्शन गरेको थियो। विरोध चर्किएपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीको सहयोगमा कार्यक्रम स्थलबाट बाहिरिएका थिए। त्यसपछिको आकस्मिक बैठकले आन्दोलनलाई पुनः तीव्र बनाउने निर्णय गरेको परिषद्ले जनाएको छ।

विद्यालय शिक्षक कर्मचारी परिषद् आन्दोलनका आगामी रणनीतिहरू सार्वजनिक गर्न अब केही घण्टामात्र बाँकी रहेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले