२ चैत्र २०८२, सोमबार । March 16, 2026

गणतन्त्र जोगाउन आन्दोलन अपरिहार्य : अध्यक्ष दाहाल


१८ बैशाख २०८२, बिहिबार  

42
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि गम्भीर खतरा देखिएको बताउँदै मजदुर वर्गलाई ठूलो आन्दोलनको तयारी गर्न आह्वान गरेका छन्।

१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र उल्टाउने षड्यन्त्र सक्रिय रूपमा चलिरहेको दाबी गरे। “अब फेरि तागत आवश्यक छ। हामी कमजोरी सच्याउन तयार छौं, तर तयारीसहित आन्दोलनमा जानुपर्ने बेला आइसकेको छ,” पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले स्पष्ट पारे।

उनले सरकारमा जानुभन्दा देशको संरचना र भविष्य बचाउने क्रान्तिमा ध्यान केन्द्रित गरिएको उल्लेख गरे। “हामीलाई कुर्सी होइन, राष्ट्रको मुक्ति र मजदुर वर्गको अधिकार चाहिएको हो,” दाहालले भने। कार्यक्रममा उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली समाजवाद निर्माण आजको आवश्यकता भएको बताउँदै श्रमजीवी वर्गको पहिचान समाजवादमै निहित रहेको बताए।

अमेरिकाको शिकागोमा श्रमिकहरूले गरेको ऐतिहासिक आन्दोलनको स्मरण गर्दै दाहालले विश्वभरका श्रमिकहरूप्रति ऐक्यबद्धता जनाए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नेपालका लागि आवश्यक रहेको धारणा पनि दोहोर्‍याए।

कार्यक्रमको अन्त्यमा दाहालले सबै क्रान्तिकारी शक्तिहरू, मजदुर वर्ग र जनतालाई एकजुट भई गणतन्त्र र अधिकारको रक्षाका लागि तयारी अवस्थामा रहन आग्रह गरे।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ३ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по