१ माघ २०८२, बुधबार । January 15, 2026

रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु, पुल्चोकबाट गाबहाल पुर्‍याइँदै



ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट औपचारिक रूपमा सुरु भएको छ।

पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्व बोकेको यो रथयात्रा आज पाटनको पुल्चोकबाट सुरु भई गाबहालसम्म पुर्‍याइँदैछ। १६८२ वर्ष पुरानो मानिने यो परम्परा अक्षय तृतीयको भोलिपल्टदेखि सुरु हुने चलन अनुसार आज प्रारम्भ भएको हो। रथलाई गाबहालसम्म तानेपछि परम्पराअनुसार शनिबार मंगलबजारसम्म तानिनेछ।

रथ तानिने प्रत्येक स्थानमा सांस्कृतिक उत्सव र जात्रा मनाउने परम्परा छ। मंगलबजारपछि रथलाई सुन्धारा हुँदै विभिन्न क्षेत्र घुमाउँदै अन्ततः लगनखेल पुर्‍याइन्छ। लगनखेल पुर्‍याएको चौथो दिन ‘नरिवल खसाल्ने जात्रा’ भव्य रूपमा मनाइन्छ, जसलाई ऐतिहासिक महत्त्वको जात्रा मानिन्छ। नरिवल जात्रा सम्पन्न भएपछि महिलामात्र सहभागी हुने ‘एकल महिला जात्रा’ हुने गर्छ, जसअन्तर्गत रथलाई महिलाहरूले तानेर इतिस्टोलको चारदोबाटोमा पुर्‍याइन्छ।

यहाँ चार दिनसम्म मच्छिन्द्रनाथलाई राख्ने परम्परा छ। सो क्रममा पाटन दरबार स्क्वायरको फल्चामा बसेर ज्योतिषीहरूद्वारा शुभ साइत हेरिन्छ। साइत मिलेसँगै रथलाई इतिस्टोलबाट तानेर अन्तिम गन्तव्य जावलाखेल पुर्‍याइन्छ। रथ जावलाखेल पुर्‍याएको चौथो दिन, राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वको उपस्थितिमा ‘भोटो देखाउने’ ऐतिहासिक कार्यक्रम सम्पन्न गरिन्छ, जसले यो जात्रालाई अझ विशेष बनाउँछ।

पाटनवासी र भक्तजनहरूका लागि मच्छिन्द्रनाथको जात्रा न केवल धार्मिक आस्था, तर समुदाय एकता र सांस्कृतिक धरोहरको गौरव पनि हो।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १० : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले