१० चैत्र २०८२, मंगलबार । March 24, 2026

शिक्षकको १ महिने आन्दोलनः उपलब्धि के ?


१८ बैशाख २०८२, बिहिबार  

24
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच ऐतिहासिक ९ बुँदे सहमति भएको छ।

शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघका प्रतिनिधिहरूबीच भएको सहमतिको आधारमा शिक्षकहरूको भलाइ र अधिकारमा सकारात्मक परिवर्तन आउनेछ।

यस्तो छ ९  बुँदे सहमति:

१) स्वास्थ्य उपचारका लागि सहुलियत: काठमाडौँ स्थित निजामती अस्पतालमा सबै शिक्षक र विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था।

२) अस्थायी शिक्षकहरूको सुविधाः अस्थायी प्रकृतिका शिक्षकहरूले बिरामी बिदा र सो बापतको रकम अवकाशमा एकसाथ प्राप्त गर्ने।

३) प्रारम्भिक बाल विकास र विद्यालय कर्मचारीहरूको पारिश्रमिक: नेपाल सरकारबाट तोकेअनुसार व्यवस्था गरिने।

४) शिक्षकहरूको ग्रेड निर्धारण: आगामी आर्थिक वर्षबाट स्थायी शिक्षकहरूको ग्रेड र रकम निजामती सरह कायम गर्ने।

५) दुर्गम भत्ता: स्थायी तथा अस्थायी शिक्षकहरूलाई प्रचलित कानुन अनुसार दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था।

६) सामुदायिक विद्यालयका शिक्षकको सामाजिक सुरक्षा: निजी स्रोतका शिक्षक र कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने।

७) मर्यादाक्रममा समावेशीकरण: शिक्षकहरूको समावेशीकरण नेपाल सरकारको मर्यादाक्रम सूचीमा गरिने।

८) आन्दोलनका घाइतेहरूको उपचार: नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको निःशुल्क उपचारको व्यवस्था।

९) तलब र ग्रेड वृद्धि: निम्न माध्यमिक तहका शिक्षकको तलब र ग्रेडलाई मध्य विद्यालय सरह कायम गरिने।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ८ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali