२२ माघ २०८२, बुधबार । February 5, 2026

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा



काठमाडौं । श्रमिक वर्गको अधिकार र योगदानको सम्मानस्वरूप आज मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस, अर्थात् ‘मे दिवस’ नेपालसहित विश्वभर मनाइँदैछ।

नेपाल सरकारले यस अवसरमा आज सार्वजनिक बिदा दिएको छ। यो दिवसको सुरुवात सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको ऐतिहासिक मजदुर आन्दोलनबाट भएको मानिन्छ। “आठ घन्टा काम, आठ घन्टा आराम, आठ घन्टा मनोरञ्जन” भन्ने नारासहित सुरु भएको आन्दोलनको क्रममा सिकागोको हेय मार्केटमा भएको बम विस्फोटपछि प्रहरीले आन्दोलनमा सहभागी मजदुरमाथि गोली चलाउँदा सात जना मजदुरले ज्यान गुमाए।

त्यो आन्दोलनले श्रमिक अधिकारका विषयमा विश्वभर चेतना फैलायो र अन्ततः श्रमिक अधिकार स्थापनाका लागि महत्वपूर्ण मोड ल्यायो। सन् १८८९ मा पेरिसमा सम्पन्न श्रमिकहरूको अन्तर्राष्ट्रिय भेलाले प्रत्येक वर्ष मे १ मा श्रमिक दिवस मनाउने निर्णय गरेपछि, सन् १८९० देखि यो दिवस मनाउन थालिएको हो। आजको दिन विश्वभरका मजदुरले विभिन्न ¥याली, जुलुस, भेला तथा सभामार्फत आफ्नो हकअधिकारको सुनिश्चितता र सम्मानको माग गर्दै दिवस मनाउँछन्।

नेपालमा पनि विभिन्न मजदुर संगठनहरूद्वारा विविध कार्यक्रम गरी दिवस मनाउने तयारी गरिएको छ। नेपालमा मे दिवसको शुरुवात वि।सं। २००७ मा विराटनगरको मजदुर आन्दोलनसँगै भएको मानिन्छ।

त्यसयता निरन्तर मनाइँदै आएको यो दिवस २०४६ सालको राजनीतिक परिवर्तनपछि सार्वजनिक बिदा दिइने दिनको रूपमा स्थापित भएको हो।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल