२९ फाल्गुन २०८२, शुक्रबार । March 13, 2026

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी


१५ बैशाख २०८२, सोमबार  

357
Shares

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने अवसर पाएपछि सन् १९९० मा चीनको संघाईमा आइपुगे ।

पहिलो पटक आएको बेला सापकोटा केही समयमा भाषा अध्ययन सम्पन्न गरेर स्वदेश फर्र्किए । दोस्रो पटक २००० मा स्नातकोत्तर गर्न फेरी संघाई आएका उनले श्रीमती सम्झना सापकोटालाई समेत साथमा ल्याए । त्यसपछि भने सापकोटा परिवार नेपाल फर्किएन र चीनमै केही गर्नुपर्छ भन्दै डटिरह्यो ।

त्यसकै परिणाम स्वरुप अनन्त सापकोटाले चीनको संघाई स्थित बिभिन्न संस्थाहरुमा काम गर्र्दै अहिले स्वतन्त्र परामर्शदाताको रुपमा कार्यरत छन् भने श्रीमती सम्झना पनि संघाई स्थित एक अमेरिकी स्कुलमा कार्यरत छिन् ।अनन्तले संघाईमै बिभिन्न चिनियाँ तथा विदेशी कम्पनीमा काम गर्दा गर्दै आफ्नो लगानीमा कस्मेटिक उत्पादनको काम सुरु गरे ।

कस्मेटीक उत्पादनको काम छोडेपछि उनले ‘मेलालेउका’ नामक कम्पनीमा म्यानीफ्याक्चर इन्जीनियरको रुपमा काम गरे । त्यहाँबाट अवकाश भएपछि पनि उनी अहिले संघाईमा स्वतन्त्र परामर्शदाताको रुपमा सक्रिय छन् । संघाईमा काम गर्दा गर्दै सापकोटा कम्बोडियामा समेत गएका थिए । त्यहाँ व्यवसाय विस्तार गर्ने अपेक्षा राखेको भएपनि सोचेअनुरुप काम नहुदाँ उनी फेरी संघाईमै फर्किए । र, संघाईमै आफ्नो कामलाई निरन्तरता दिए । ‘अहिले संघाईमै स्वतन्त्र परामर्श दाताको रुपमा काम गरिरहेको छु,’ उनले बताए ।

अनन्त मात्रै होइन, उनकी श्रीमती सम्झाना सापकोटा पनि सन् २००० देखि संघाईमै छिन् । अहिले उनी ‘संघाई लिभिङस्टोन अमेरिकन स्कुल’ मा काम गर्छिन् । उनी त्यहाँ म्यानेजरको रुपमा कार्यरत छिन् । उनीहरुको एक छोरा भने अध्ययनका लागि अमेरिकामा छन् । उनको परिवार नेपाल समय समयमा नेपाल आउने जाने गर्छन् ।

सम्झनाले सुरुमा संघाईमा चिनियाँ भाषा अध्ययन गरेर बसिन् । छोरा समेत जन्मी सकेकाले उनले सुरुमा काम गर्न भने समय पनि पाइनन् । छोरा हुर्किएपछि उनी सन् २००९–१० देखि काम सुरु गरिन् । सुरुमा उनले कोरियन कम्पनीमा काम गरेकी थिइन् ।

संघाई विकासका प्रत्यक्ष साक्षी

संघाई चीनको पहिलो नम्बरको विकसित शहर हो । विश्वमा समेत यो बढी विकसित शहर मानिन्छ । विश्वको सबै भन्दा ठूलो मेट्रोरेल नेटवर्क पनि संघाईकै हो । १९९० सम्म संघाई सामान्य शहरको रुपमा थियो । अहिले संघाई विकसित शहरको रुपमा स्थापित भइसकेको छ । संघाईको यो विकासका प्रत्यक्ष साक्षी सापकोटा परिवार पनि हो ।

‘म १९९० आउँदा संघाई सामान्य शहर थियो । विदेशीहरुले बनाएका पुराना भवनहरु थिए । अधिकांश ठाउँमा खेतीयोग्य जमित तथा खेतहरु थिए । त्यसबेलाको नेपालको काठमाडौंको तुलनामा पनि संघाईको विकास कम देखिन्थ्यो । तर, अहिले संघाई विकसित शहरको रुपमा स्थापित भएको छ,’ अनन्त सापकोटा भन्छन्, ‘सन् १९९२ मा मेट्रोको सुरुवात भएको थियो । त्यस यता संघाईले विकास निरन्तर फड्को मार्दै आएको देखिन्छ । अहिले संघाई विश्वकै विकसित शहरको रुपमा विकास भएको छ । पोलिसी रि–फर्म, राजनीतिक स्थायीत्व, चीनको काम गर्ने शैली लगायतका कारण संघाई सहित चीनले यो स्तरको विकास गर्न सफल भएको देखिन्छ । यहाँ योजनाबद्ध रुपमा काम गर्ने अभ्यास छ । त्यसले गर्दा चीनले यो स्तरको विकास गर्न सकेको देखिन्छ ।’

नेपालीका लागि कस्तो छ संघाई ?

नेपालीका लागि अध्ययन र बिभिन्न काम गर्नलाई संघाईमा राम्रो बातावरण रहेको सोपकोटा परिवार बताउँछन् । संघाईमा गणित र विज्ञान बिषय अध्ययनको लागि राम्रो रहेको उनीहरु बताउँछन् ।‘अहिले यहाँको सिस्टम पनि राम्रो छ । यहाँ अध्ययनका लागि निकै राम्रो छ,’ सम्झाना बताउँछीन, ‘काम गर्न आउनेहरुलाई पनि धेरै राम्रो छ । कम्पनी अनुसारको फरक व्यवस्था हुन्छ । मल्टिनेशनल कम्पनीमा भयो भने राम्रो सुविधा हुन्छ । प्रक्रिया पुरा गरेको खण्डमा राम्रो सुविधा रहेको छ । यहाँ काम गर्नका लागि चिनिया भाषाको ज्ञान भने आवश्यक हुन्छ ।’

चीनले १९८४ मा लिएको खुला नीतिका कारण विदेशीहरुलाई पनि चीनमा भविष्य निर्माण गर्न सहज हुन थालेको उनी बताउँछीन् । ‘ १९८४ देखि चिनले खुला नीति लियो । त्यसमा अरु देशका नागरिकले पनि चीनमा कम्पनी खोल्न पाउने र काम गर्न पाउने नीति छ,’ उनले भनिन्, ‘त्यो नीतिले गर्दा हामीहरुलाई पनि यहाँ बसेर काम गर्न सहज भएको हो ।’ चीनको संघाईमा बसोबास गरेपनि सापकोटो परिवारको मन भने नेपालमै छ ।

नेपाल पनि चीनकै जस्तो विकास भएको देख्ने चाहाने भएको सापकोटा परिवार बताउँछन् । ‘चीनको नीति नियमहरु राम्रो छ । संघाई पनि राम्रो शहर हो । व्यवसायका लागि पनि निकै राम्रो छ,’ अनन्त सापकोटा भन्छन्, ‘यहाँको जस्तो बातावरण र विकास हाम्रो देश (नेपाल) मा पनि भइदियोस् भन्ने चाहाना छ ।’

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по