२१ मंसिर २०८२, शनिबार । December 6, 2025

प्रतिविम्ब ओपन स्काउट क्र्यूको सातौँ वार्षिकोत्सव: नयाँ यात्राको उत्साह र संकल्प



काठमाडौं । नेपाल स्काउट अन्तर्गत सञ्चालनमा रहेको प्रतिविम्ब ओपन स्काउट क्र्यूले आफ्नो सातौँ वार्षिकोत्सव तथा नवप्रवेशी रोभर र रेन्जरहरूको स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।

भिमसेनथानस्थित काष्ठमन्डप भेन्युमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य माननीय समिता खड्गी श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गान र स्काउट गानबाट गरिएको थियो। प्रमुख अतिथि श्रेष्ठले युवाहरूमा नेतृत्व क्षमता, सेवा भावना र सामाजिक उत्तरदायित्व विकास गर्न स्काउटिङको भूमिका अतुलनीय रहेको बताउँदै प्रतिविम्ब ओपन स्काउट क्र्यूलाई सातौँ वार्षिकोत्सवको शुभकामना दिए ।

साथै, स्काउटिङ अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । क्र्यू लिडर छोइसाङ् तमाङले संस्थाको सात वर्षे यात्रा, सामाजिक सेवा, वातावरण संरक्षण, विपद् व्यवस्थापन र युवा सशक्तिकरणमा क्र्यूले गरेका उपलब्धिहरू प्रस्तुत गर्दै भविष्यका योजनाहरू पनि साझेदारी गरे। नवप्रवेशी रोभर र रेन्जरहरूलाई टिका र खादा लगाएर स्वागत गरिएको थियो।

उनीहरूले आफ्नो अनुभव र भविष्यमुखी लक्ष्यहरू प्रस्तुत गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ सङ्कल्प व्यक्त गरे। सांगीतिक प्रस्तुति र स्काउट अनुभव आदानप्रदानले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। कार्यक्रममा नेपाल स्काउटका पदाधिकारीहरू, विभिन्न स्काउट क्र्यूका प्रतिनिधिहरू, अभिभावकहरू, पूर्व स्काउटहरू तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापनमा आयोजक समितिका सभापति श्याम लामाले सहभागी, अतिथि तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्दै शिक्षा र सामाजिक सेवामा निरन्तर लागिरहने प्रतिबद्धता दोहोर्याए ।

आयोजकका अनुसार, कार्यक्रममा सहभागीहरूले नयाँ ऊर्जा, उत्साह र प्रेरणाको अनुभूति गरेका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ६ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको