२ माघ २०८२, बिहिबार । January 15, 2026

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत



काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता नगरी फर्किएको जनाएको छ।

समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, शिक्षकहरूको एक प्रतिनिधिमण्डल मन्त्रालय पुग्न लागेको भए पनि विशेष कारणले मन्त्रालय प्रवेश नगरी फर्किएको हो। सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरिएको २५ सदस्यीय वार्ता टोलीको नामावली महासङ्घले तयार नगरेको प्रस्ट पारेका छन्।

उनले लेखेका छन्, “शिक्षा मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं।” उनका अनुसार, नयाँ नियुक्त भएका शिक्षामन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि जाने तयारी भए पनि आकस्मिक कारणले टोली वार्ता नगरी फर्किएको हो।

गत चैत २० गतेदेखि शिक्षकहरूले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। वार्ताका पहलहरू भइरहेका बेला यस्तो घटनाले परिस्थिति थप जटिल बन्ने संकेत देखिएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले