२ माघ २०८२, बिहिबार । January 15, 2026

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?



काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै सन्दर्भमा आज सरकार र शिक्षक महासंघबीच वार्ता हुन लागेको छ।

शिक्षामन्त्री रघुजी पन्तको पहलमा दिउँसो वार्ताका लागि आव्हान गरिएको थियो। उक्त आव्हानपछि महासंघका नेताहरू अहिले सिंहदरबार प्रवेशका लागि प्रक्रिया अगाडि बढाइरहेका छन्। महासंघका महासचिव तुलाबहादुर थापाले नेपाल प्रेससँग कुरा गर्दै आफूहरू हाल गेट पासका लागि कागजात तयार पारिरहेको जानकारी दिए। साथै, उनले यो पूर्ण वार्ता नभएर प्रारम्भिक छलफल मात्र भएको स्पष्ट पारे।

‘मन्त्रीज्यूले हामीलाई बोलाउनुभएको छ, अहिले हामी सिंहदरबार प्रवेश गर्दैछौं,’ महासचिव थापाले भने। यसअघि, सर्वोच्च अदालतले शिक्षकहरूको माग तीन दिनभित्र सम्बोधन गर्ने गरी वातावरण बनाउने आदेश दिइसकेको छ।

शिक्षकहरू हाल शिक्षक सेवा ऐनको मागलाई प्रमुख मुद्दा बनाएर आन्दोलनरत छन् र राजधानी केन्द्रित आन्दोलनमा निरन्तर लागिरहेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले