११ श्रावण २०८३, सोमबार । July 28, 2026

कश्मिर रक्ताम्मे ! सीमा क्षेत्रमा गोली हानाहान


१२ बैशाख २०८२, शुक्रबार  

222
Shares

एजेन्सी । भारत र पाकिस्तानबीचको तनाव झनै चर्किएको छ।

बिहीबार राति दुवै देशका सुरक्षा बलबीच नियन्त्रण रेखा (LOC) क्षेत्रमा गोली हानाहान भएको हो। भारतीय सञ्चारमाध्यम NDTV का अनुसार भारतीय सेनाले यसलाई ‘प्रभावकारी जवाफी कारबाही’ भनेको छ। सैन्य स्रोतलाई उद्धृत गर्दै NDTV ले लेखेको छ, “लाइन अफ कन्ट्रोल क्षेत्रमा केही फायरिङ भएको थियो, भारतीय सेनाले त्यसको सशक्त जवाफ दिएको छ।”

तनावको कारण भने हालै भारतको जम्मू–कास्मिरस्थित पर्यटकीय क्षेत्र पहलगाममा भएको आतङ्ककारी आक्रमण हो। उक्त हमलामा २६ जनाको ज्यान गएको थियो। मारिनेहरूमध्ये बुटवल, नेपालका सुदीप न्यौपाने पनि थिए। यस घटनापछि दुई देशबीचको सम्बन्ध अझै चिसिएको छ।

पाकिस्तान नियन्त्रित कास्मिरका एक अधिकारी सइद अश्फाक जिलानीले पनि गोलीबारीको पुष्टि अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग गरेका छन्। रोयटर्सलाई तीन जना भारतीय सैनिकले दिएको जानकारी अनुसार गोलीबारीको सुरुआत पाकिस्तानी सेनाबाट भएको हो।

‘सर्च एन्ड डिस्ट्रोइ’ अपरेशन सुरु

आक्रमणपछि भारतीय सेनाले कास्मिर क्षेत्रमा ‘सर्च एन्ड डिस्ट्रोइ’ अभियान सञ्चालन गरेको छ। सेनाले निगरानी ड्रोनसहितका यन्त्र परिचालन गरेर तीन जना शंकास्पद आतंकवादीको खोजी गरिरहेको छ। शुक्रबार मात्रै भारतीय अधिकारीहरूले कास्मिरमा आतंकवादी सघाएको आरोपमा दुई वटा घर भत्काएका छन्।

राष्ट्रसंघको संयमता अपील

भारत–पाकिस्तानबीचको बढ्दो तनावलाई लिएर संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै संयमता अपनाउन दुवै पक्षलाई अनुरोध गरेको छ। संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले भने, “हामी दुवै सरकारलाई संयमता अपनाउन अपिल गर्छौं र सबै समस्या शान्तिपूर्ण संवादमार्फत समाधान हुन सक्छ भन्नेमा विश्वास गर्छौं।”

मोदीको कडा सन्देश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्ककारीहरूमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। “भारतले हरेक आतङ्ककारी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई पहिचान, ट्र्याक र कारबाही गर्नेछ,” उनले भनेका छन्। यता पाकिस्तानले भने पहलगाम हमलामा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै आएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर