१० चैत्र २०८२, मंगलबार । March 25, 2026

२०७२ को त्रास अझै ताजा, रुकुमपूर्वमा फेरि भूकम्पको झट्का


१२ बैशाख २०८२, शुक्रबार  

33
Shares

काठमाडौं। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ ७ः३४ बजे रुकुमपूर्वको रन्मामैकोट केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

पछिल्लो समय पश्चिम नेपालमा आइरहेका साना भूकम्पमध्ये यो पछिल्लो घटना हो। यो भूकम्प भूकम्प स्मृति दिवसको अघिल्लो दिन परेको हो। पछिल्ला महिनाहरूमा पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन्। विसं २०८० कात्तिक १७ मा जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि त्यस क्षेत्र वरपर नियमित रूपमा कम्पन महशुस भइरहेको छ।

आज वैशाख १२ गते, ठीक १० वर्षअघि २०७२ सालको यही दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो। जसमा ८,९७९ जनाको ज्यान गएको थियो भने २२,३०९ जना घाइते भएका थिए। यस भूकम्पको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।

सुरक्षित पूर्वाधार निर्माणको सन्देश फैलाउने उद्देश्यका साथ भूकम्प स्मृति दिवस मनाइँदैछ। काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ, जसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

‘सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔँ’ भन्ने मूल नाराका साथ यो दिवस मनाउने तयारी गरिएको हो।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali