२१ मंसिर २०८२, शनिबार । December 6, 2025

आजको मौसमः गर्मी अत्याधिक बढ्ने, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना



काठमाडौं । नेपालमा हाल स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको छ, जसको कारण देशभर अधिकतम र न्यूनतम तापक्रम क्रमशः बढ्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य अधिकांश स्थानमा मौसम सफा छ। गण्डकी प्रदेशको केही पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा भइसकेको छ। आज दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा मौसम प्रायः खुला रहने महाशाखाको पूर्वानुमान छ।

साथै, ती प्रदेशका हिमाली भेगमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। तराईका क्षेत्रमा भने गर्मी अत्यधिक बढ्न सक्ने देखिएको छ। विशेष गरी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम उच्च हुने सम्भावना छ। लुम्बिनी प्रदेशमा तातो हावा ९लु० चल्न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।

राति पनि यही मौसमी अवस्थाले निरन्तरता पाउने जनाइएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको