२ माघ २०८२, बिहिबार । January 15, 2026

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ



काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा बुधबार पन्तलाई मन्त्री पदमा नियुक्त गरेका थिए। उनले परराष्ट्रमन्त्री आरजु राणा देउवाको पछाडि आठौं वरीयतामा रहेका छन्।

शिक्षक आन्दोलनको दबाबबीच शिक्षामन्त्री विद्या भट्टाराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। त्यसपछि एमालेका समानुपातिक सांसद पन्तलाई सो जिम्मेवारी दिइएको हो। पन्तको नियुक्तिसँगै शिक्षा मन्त्रालयले नयाँ दिशा पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ४ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले