१ माघ २०८२, बुधबार । January 15, 2026

तीनकुने घटनाः थप १३ जनालाई प्रहरीले छाड्यो



काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनसँग सम्बन्धित घटनामा संलग्न भन्दै पक्राउ परेकामध्ये थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ।

यसअघि नै ८ जना रिहा भइसकेका थिए, जससँगै रिहा हुनेको संख्या २१ पुगेको छ। जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले जनाएको अनुसार हिरासतमा राखिराख्नुपर्ने अवस्था नरहेकाले उनीहरूलाई हाजिरी जमानीमा छाडिएको हो। बयान प्रक्रिया पूरा भएपछि अनुसन्धान भने जारी रहने प्रहरी अधिकारीले बताएका छन्।

तर, उनीहरू विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुने तयारी भइरहेको छ। प्रहरीका अनुसार उनीहरूलाई अदालतमा उपस्थित हुने सर्तमा छाडिएको हो। प्रदर्शनका क्रममा भाटभटेनी अगाडि तोडफोड हुँदा भुईंमा खसेका स्याउ र सुन्तला टिप्नेहरू पनि यसै सूचीमा परेका थिए। प्रहरीले हालसम्म यो घटनासँग जोडिएर ८५ जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये २१ जना रिहा भएका छन् भने ६४ जना अझै हिरासतमा छन्।

प्रहरीले सबैलाई आपराधिक उपद्रव अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले