२ माघ २०८२, बिहिबार । January 15, 2026

मौसमको दोहोरी सुरुः आज बर्षा र हिमपातको सम्भावना



काठमाडौं । देशमा हाल पश्चिमी र स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको छ, जसका कारण विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मौसम बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको तराई तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अहिले केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। यसका साथै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि देखिएको छ, जुन अवस्था राति पनि जारी रहने अनुमान गरिएको छ।

मौसमको यस प्रकारको प्रभावले कृषि, सडक तथा हवाई यातायात, जनजीवन र स्वास्थ्य क्षेत्रमा असर पार्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले