२५ माघ २०८२, शनिबार । February 7, 2026

सर्यो कक्षा १२ को परिक्षा, वैशाख २१ गतेबाट हुने



काठमाडौं । कक्षा १२ को वार्षिक राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेबाट सुरु हुने भएको छ।

यसअघि वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा शिक्षकहरूको आन्दोलनका कारण स्थगित गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विषम परिस्थितिका कारण परीक्षा सार्नु परेको जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसपछि परीक्षा मिति परिमार्जन गरिएको हो।

प्रधानमन्त्री ओलीले बोर्डका अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गर्दै, आवश्यकता अनुसार परीक्षा सार्न सकिने सन्देश दिएका थिए। उक्त सल्लाहका आधारमा बोर्डले निर्णय गर्दै नयाँ मिति तय गरेको हो। आरम्भमा बोर्डले परीक्षा तोकिएको मितिमा नै लिने निर्णय गरेको थियो ।

तर शिक्षक युनियन र ट्रेड युनियनहरूले कर्मचारी परिचालनको विरोध गर्दै परीक्षा बहिष्कार गर्ने चेतावनी दिएपछि सरकार निर्णय पुनर्विचार गर्न बाध्य भयो।

अब परीक्षा वैशाख २१ गतेदेखि सुरु हुनेछ भने बाँकी तयारी ती मितिका लागि पुनः समायोजन गरिने बोर्डले जनाएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल