२८ बैशाख २०८२, आइतबार । May 11, 2025

विद्यालयको चावी बोकेर कर्मचारी पनि आन्दोलमा ! पेचिलो बन्दै शिक्षक आन्दोलन



काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनमा कडाइ ल्याउँदै सबै कर्मचारीलाई २४ घण्टाभित्र विद्यालयको चावी लिएर काठमाडौंको आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएको छ।

परिषद्ले सोमबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा कर्मचारीहरू खटिएको जानकारी आएको उल्लेख गर्दै सबै प्रदेश तथा स्थानीय कार्यसमितिलाई तत्काल कदम चाल्न भनेको हो। विज्ञप्तिमा भनिएको छ, “नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी रहँदा विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन तथा कक्षा १२ को परीक्षामा समेत संलग्न गरिएको खबर प्राप्त भएको छ।

यस्तो परिस्थितिमा सूचना प्राप्त भएको २४ घण्टाभित्र विद्यालयको चावी लिएर काठमाडौंमा जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन निर्देशनात्मक अनुरोध गर्दछौँ।” राष्ट्रिय परीक्षा बोर्डले आज विहानै निजामती कर्मचारीमार्फत वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि आन्दोलनरत शिक्षक-कर्मचारीहरु थप आक्रोशित बनेका छन्।

परिषद्ले यस आन्दोलनमा कुनै पनि कर्मचारी छुट्न नपाउने स्पष्ट गर्दै सबैलाई ऐक्यबद्धताका साथ उपस्थित हुन आग्रह गरेको छ। आन्दोलन अझ व्यापक बन्ने संकेतसँगै शिक्षा क्षेत्रमा अवरोध थप चर्किने देखिएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित