२९ बैशाख २०८२, सोमबार । May 12, 2025

शिक्षकको धम्की: ‘न हामी परीक्षा लिन्छौं, न कापी हेर्छौं!’



काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा–१२ को बोर्ड परीक्षामा कुनै पनि शिक्षक, प्रधानाध्यापक वा विद्यालय कर्मचारी नखटिने स्पष्ट पारेको छ।

राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि महासंघले यस्तो चेतावनी दिएको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, “परीक्षा बोर्डले चाहेअनुसार निजामती र सुरक्षाकर्मीबाट परीक्षा सञ्चालन गरोस्, हामी त्यस प्रक्रियामा सहभागी हुनेछैनौं। न कक्षा सञ्चालन गर्नेछौं, न कापी परीक्षण नै। अब परीक्षा पनि उनीहरूले नै हेर्नुपर्छ।”

शिक्षकहरूले शिक्षा विधेयक जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि काठमाडौंमा चरणबद्ध आन्दोलन गरिरहेका छन्। यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को बोर्ड परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने तयारी छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कूल पूजा गर्न गएका दम्पतीको सडक दुर्घटनामा मृत्यु

रुकुम । सानीभेरी गाउँपालिका–१० तिमिलेमा भएको सवारी दुर्घटनामा एक दम्पतीको

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले

रुकुम पश्चिममा जिप दुर्घटनाः एकको ज्यान गयो, तीन गम्भीर घाइते

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्ली–तिमिले भित्री सडक

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित

गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा