२ माघ २०८२, बिहिबार । January 15, 2026

दानव नदीले लियो तीन बालकको ज्यान : दुईको शव आज फेला



काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा हराएका थप दुई बालकको शव फेला परेको छ।

मंगलबार बिहान सशस्त्र प्रहरीको गोताखोर टोलीले १३ वर्षीय उमेश यादव र १२ वर्षीय मन्नु हरिजनको शव फेला पारेको हो। यसअघि १४ वर्षीय राज यादवको शव सोमबार साँझ नै फेला परेको थियो। तीनै जना बालक सोमबार दिउँसो दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

उनीहरूको खोजीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट दीपक कोइरालाको कमाण्डमा गोताखोर टोली परिचालित गरिएको थियो। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार प्रयास सकिएपछि घटनास्थलमा थप सुरक्षात्मक उपायबारे छलफल सुरु गरिएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले