२८ मंसिर २०८२, शनिबार । December 13, 2025

विद्यालय शिक्षा ऐनको मागमा २० औं दिन पनि शिक्षकको शान्तिपूर्ण प्रदर्शन जारी



काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूले आज २० औं दिन पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा सोमबार बिहान ९ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु भएको हो। महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई संयम, अनुशासन र मर्यादाका साथ जारी राख्न शिक्षकहरूलाई आग्रह गरेका छन्। गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन ऐन पारित नभएसम्म नरोकिने शिक्षकहरूको अडान रहेको छ।

उनीहरूले नाचगान र रचनात्मक कार्यक्रममार्फत आफ्ना माग प्रस्तुत गर्दै आएका छन्। अचानक बिहानैदेखि सडकमा शिक्षकहरूको उपस्थिति देखिएपछि ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ। माइतीघर–नयाँ बानेश्वर सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। वैकल्पिक मार्गका रूपमा नयाँ बानेश्वर–थापागाउँ–हनुमानस्थान रुट प्रयोग गर्न उपत्यका ट्राफिक प्रहरीले आग्रह गरेको छ।

शिक्षक नेताहरूका अनुसार दिउँसो राप्रपाको प्रदर्शनको जानकारी पाएपछि बिहानै प्रदर्शन गर्ने निर्णय गरिएको हो। यसले कार्यालय गएका कर्मचारी र विद्यार्थीहरूलाई आवतजावतमा कठिनाइ भएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १० : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले