काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा हिंसा भड्काउन संलग्न रहेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्।
चैत १५ गते पक्राउ परेका राणालाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा रिहा गरिएको हो। प्रहरीले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै रिहा गरिएको जनाएको छ। क्यान्सरको उपचारका लागि भारत जानुपर्ने भएकाले यस्तो निर्णय गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
राणाको रिहाइबारे राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले समेत पुष्टि गरेका छन्।
प्रतिक्रिया