२७ फाल्गुन २०८२, बुधबार । March 11, 2026

तीनकुनेको त्रास अझै ताजै ! राप्रपाको प्रदर्शन रोक्न राजधानीमा ‘हाई अलर्ट’ !


७ बैशाख २०८२, आइतबार  

30
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज काठमाडौंको बिजुली बजार क्षेत्रमा ठूलो प्रदर्शन गर्दैछ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा हुने भनिएको यो प्रदर्शनलाई लिएर राजधानीमा सुरक्षा सतर्कता उच्च बनाइएको छ। संवेदनशील स्थानहरू-जसमा सिंहदरबार, संसद भवन, बालुवाटार, राष्ट्रपति भवन र माइतीघर मण्डला जस्ता क्षेत्रहरू पर्दछन्ती- सबै क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थित देखिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले शान्तिपूर्ण प्रदर्शनमा अवरोध नगर्ने भए पनि निषेधित क्षेत्रमा कसैले पस्न खोजे बल प्रयोग गर्नेसम्मको तयारी गरिएको जनाएको छ।

सवारी व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्न सक्ने अनुमान गर्दै प्रहरीले वैकल्पिक मार्गको योजना बनाएको छ। राप्रपाले भने प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण हुने र सरकारलाई उत्तेजनात्मक व्यवहार नगर्न आग्रह गरेको छ। यदि सरकारले बल प्रयोग वा धरपकड गर्‍यो भने, उनीहरूले सामूहिक गिरफ्तारी दिन तयार रहेको जनाइएको छ। यसैबीच, शनिबार गृह मन्त्रालयले एक विज्ञप्ति निकाल्दै सार्वजनिक सुरक्षामा खलल पुग्ने कुनै पनि प्रयासलाई कारबाही गर्ने चेतावनी दिएको थियो।

यसअघि, चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो। सो घटनापछि दुर्गा प्रसाईं, राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरालगायतका नेताहरू प्रहरी हिरासतमा छन्।

उनीहरूको रिहाइ, हिन्दु राष्ट्र र राजसंस्थाको पुनः स्थापनाको माग गर्दै राप्रपाले आन्दोलन चर्काइरहेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по