२९ बैशाख २०८२, सोमबार । May 12, 2025

तीनकुनेको त्रास अझै ताजै ! राप्रपाको प्रदर्शन रोक्न राजधानीमा ‘हाई अलर्ट’ !



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज काठमाडौंको बिजुली बजार क्षेत्रमा ठूलो प्रदर्शन गर्दैछ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा हुने भनिएको यो प्रदर्शनलाई लिएर राजधानीमा सुरक्षा सतर्कता उच्च बनाइएको छ। संवेदनशील स्थानहरू-जसमा सिंहदरबार, संसद भवन, बालुवाटार, राष्ट्रपति भवन र माइतीघर मण्डला जस्ता क्षेत्रहरू पर्दछन्ती- सबै क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थित देखिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले शान्तिपूर्ण प्रदर्शनमा अवरोध नगर्ने भए पनि निषेधित क्षेत्रमा कसैले पस्न खोजे बल प्रयोग गर्नेसम्मको तयारी गरिएको जनाएको छ।

सवारी व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्न सक्ने अनुमान गर्दै प्रहरीले वैकल्पिक मार्गको योजना बनाएको छ। राप्रपाले भने प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण हुने र सरकारलाई उत्तेजनात्मक व्यवहार नगर्न आग्रह गरेको छ। यदि सरकारले बल प्रयोग वा धरपकड गर्‍यो भने, उनीहरूले सामूहिक गिरफ्तारी दिन तयार रहेको जनाइएको छ। यसैबीच, शनिबार गृह मन्त्रालयले एक विज्ञप्ति निकाल्दै सार्वजनिक सुरक्षामा खलल पुग्ने कुनै पनि प्रयासलाई कारबाही गर्ने चेतावनी दिएको थियो।

यसअघि, चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो। सो घटनापछि दुर्गा प्रसाईं, राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरालगायतका नेताहरू प्रहरी हिरासतमा छन्।

उनीहरूको रिहाइ, हिन्दु राष्ट्र र राजसंस्थाको पुनः स्थापनाको माग गर्दै राप्रपाले आन्दोलन चर्काइरहेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित

गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास घोषणा

काठमाडौं । भारतीय क्रिकेटका चम्किला तारा विराट कोहलीले सोमबार औपचारिक

नेपाली बजारमा सुनचाँदी सस्तो, आइतबारको तुलनामा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

भारत–पाकिस्तानबीच वार्ता आज, चार दिने सैन्य तनावपछि संवादको प्रयास

काठमाडौं । पछिल्ला चार दिनदेखि सीमा क्षेत्रमा जारी भीषण सैन्य