२ माघ २०८२, बिहिबार । January 15, 2026

राप्रपाको रणनीतिः प्रहरीले समाए सामूहिक गिरफ्तारी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ।

यद्यपि पार्टीले प्रहरीसँगको प्रत्यक्ष मुठभेडबाट टाढा रहने रणनीति लिएको छ। निषेधित क्षेत्र प्रवेशको योजना भए पनि आन्दोलन शान्तिपूर्ण हुने बताइएको छ। पार्टी स्रोतका अनुसार मुख्य कार्यक्रम बिजुली बजार क्षेत्रमा केन्द्रित हुनेछ। त्यहाँबाट केही नेताहरू पार्टीको झण्डा बोकेर निषेधित क्षेत्रमा प्रवेश प्रयास गर्नेछन्।

यद्यपि, प्रहरी रोकेमा बलपूर्वक अगाडि बढ्ने होइन, भनी नेताहरूले स्पष्ट पारेका छन्। प्रहरीले अनावश्यक बल प्रयोग नगरेसम्म हाम्रो तर्फबाट कुनै भिडन्त हुनेछैन, एक नेताले बताए। यदि प्रहरीले धरपकड गर्न खोजेमा नेताहरू सामूहिक रूपमा गिरफ्तारी दिने तयारीमा रहेको जानकारी पनि दिएका छन्।

राप्रपाले ठूला जुलुस निषेधित क्षेत्रमा लैजाने योजना नरहेको जनाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमार्फत जनप्रदर्शन प्रतीकात्मक हुने बताएका छन्।

उनले सत्तारूढ पक्षलाई नडराउन आग्रह गर्दै, यो प्रदर्शन निरंकुश प्रवृत्तिविरुद्ध जनचेतनाको अभिव्यक्ति मात्र भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले