२ माघ २०८२, बिहिबार । January 15, 2026

अमेरिकाबाट डिपोर्ट, भुटानबाट भगौडा, नेपालमा थुनामा-सर्वोच्चले भन्यो: निकाला नगर !



काठमाडौँ । थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ। अमेरिका डिपोर्ट भई भुटान हुँदै नेपाल प्रवेश गरेका ती व्यक्तिहरू अहिले झापामा थुनामा छन्।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई वैशाख ११ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ। उनीहरूलाई जबरजस्ती देश निकाला गर्न नपाइने भन्दै हाललाई कारबाही प्रक्रिया रोकिएको हो।

मानवअधिकार र अन्तर्राष्ट्रिय शरणार्थी मापदण्डको उल्लंघन हुने भन्दै नारायणकुमार सुवेदीसहित चार जनाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले उक्त आदेश दिएको हो।

यो निर्णयले शरणार्थी व्यवस्थापनमा कानूनी प्रक्रिया र मानवीय पक्षको ख्याल राख्न आवश्यक रहेको सन्देश दिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले