२ माघ २०८२, बिहिबार । January 15, 2026

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित



काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन्।

उनी गम्भीर र जटिल विषयहरूलाई सरल भाषामा प्रस्तुत गर्ने शैलीका लागि चिनिन्छन्। सोसल मिडियामा फैलाइएका गलत जानकारीहरूको पर्दाफास गर्ने उनकी रिपोर्टिङ शैलीलाई पनि आयोजकले प्रशंसा गरेका छन्।

नेपाल पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर र सांसद राजेन्द्र पाण्डेले संयुक्त रूपमा उनलाई सम्मान–पत्र प्रदान गरेका थिए।

पछिल्ला पाँच वर्षदेखि शिलापत्र डटकमसँग आबद्ध कुँवर विशेषतः सोसल मिडिया, बालबालिका र अल्पसंख्यक समुदायबारे रिपोर्टिङ गर्दै आएका छन्। हालै मात्र, उनले राष्ट्रिय डिजिटल पत्रकारिता अवार्ड २०८१ पनि प्राप्त गरेका थिए।

नेसनल क्यापिटल अवार्डले पत्रकारिता मात्र होइन, समाजसेवा, कला र व्यवसाय लगायत विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई समेत सम्मान गर्ने परम्परा कायम राखेको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले