२ माघ २०८२, बिहिबार । January 15, 2026

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते राजधानीको निषेधित क्षेत्रमै विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार नागरिकका अधिकारमाथि अंकुश लगाउन उद्दत भएको आरोप लगाए।

“सरकार नागरिकका मौलिक अधिकारहरू कुन्ठित पार्ने प्रयासमा छ,” अध्यक्ष लिङ्देनले भने, “त्यसको प्रतिकारस्वरूप हामी निषेधित क्षेत्रमै विरोध प्रदर्शन गर्न बाध्य भएका छौं।”

उनका अनुसार वैशाख ७ को कार्यक्रम कुनै साधारण सभा नभई सरकारविरुद्धको कडा विरोधको रूपमा हुनेछ। उनले थपे, “यो केवल सुरूवात हो, अबको आन्दोलन अझ सशक्त बन्छ।”

राप्रपाले आन्दोलनलाई क्रमशः तीव्र बनाउने तयारी गरिरहेको छ। विशेष समितिको बैठकमार्फत अन्य कार्यक्रमहरू पनि चाँडै सार्वजनिक गरिने बताइएको छ। साथै, पार्टीले वैशाख २० गतेभित्र आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निःशर्त रिहा नगरिए थप उग्र आन्दोलनको चेतावनी दिएको छ।

सरकार र सुरक्षा निकायले प्रदर्शन रोक्न कडा कदम चाल्न सक्ने संकेत गरिरहेका बेला राप्रपाको यो निर्णयले राजधानीमा राजनीतिक गतिविधि थप तातिने देखिन्छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले