२७ मंसिर २०८२, शुक्रबार । December 13, 2025

ललिता निवास जग्गा प्रकरण

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ



काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेसहितको कानुनी टोलीले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डे रहेको पूर्ण इजलासमा सुनुवाइ तय भएको हो।

रिटमा पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराईसहित, पूर्वमुख्यसचिव लिलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई विपक्षी बनाइएको छ।

२०७६ मा सार्वजनिक भएको यस प्रकरण अनुसार, २०६६/६७ मा प्रधानमन्त्री रहेका माधवकुमार नेपालले मन्त्रिपरिषद्बाट ललिता निवासको जग्गा भूमाफिया र नक्कली मोहीलाई सट्टाभर्ना दिने निर्णय गरेका थिए। त्यसैगरी, २०६९ मा प्रधानमन्त्री हुँदा डा. भट्टराईले ललिता निवासको करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको नाममा कायम गराउने निर्णय गरेका थिए।

त्यसक्रममा तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालले नक्कली मोही खडा गर्न भूमिका खेलेको आरोपसहित उनीविरुद्ध पनि कारबाहीको माग गरिएको छ।

सुनुवाइपछि अदालतको निर्णयले यस प्रकरणले नयाँ मोड लिने अनुमान गरिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १२ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले