२६ माघ २०८२, आइतबार । February 8, 2026

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग दुर्व्यवहार गरेको आरोपमा विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

उक्त घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छानबिन सुरु भएको हो। मोरङका सञ्जय ओझा नाम गरेका व्यक्तिमाथि दुर्व्यवहार भएको भिडियो भाइरल बनेपछि प्रहरी प्रशासनले तत्काल प्रतिक्रिया जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार ती तीन जना प्रहरीलाई विमानस्थलको जिम्मेवारीबाट हटाएर अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालयमा झिकाइएको हो।

खनालले ती प्रहरीलाई हालसम्म जिम्मेवारीबाट मुक्त गरिएको र घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिए।

यात्रुहरूप्रति संवेदनशील हुनुपर्ने ठाउँमा यस प्रकारको व्यवहार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। यो घटनाले विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको व्यवहारमाथि पुनः प्रश्न उठाएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ४ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल