२ माघ २०८२, बिहिबार । January 15, 2026

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग दुर्व्यवहार गरेको आरोपमा विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

उक्त घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छानबिन सुरु भएको हो। मोरङका सञ्जय ओझा नाम गरेका व्यक्तिमाथि दुर्व्यवहार भएको भिडियो भाइरल बनेपछि प्रहरी प्रशासनले तत्काल प्रतिक्रिया जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार ती तीन जना प्रहरीलाई विमानस्थलको जिम्मेवारीबाट हटाएर अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालयमा झिकाइएको हो।

खनालले ती प्रहरीलाई हालसम्म जिम्मेवारीबाट मुक्त गरिएको र घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिए।

यात्रुहरूप्रति संवेदनशील हुनुपर्ने ठाउँमा यस प्रकारको व्यवहार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। यो घटनाले विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको व्यवहारमाथि पुनः प्रश्न उठाएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ४ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले