२३ माघ २०८२, बिहिबार । February 5, 2026

भूकम्पको श्रृङ्खला : काठमाडौंदेखि जाजरकोटसम्म धक्का महसुस



काठमाडौं । आज बिहान काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:०५ बजे पाँच म्याग्निच्युडको भूकम्प चीनको डिङ्जे क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको हो। डिङ्जे नेपालको उत्तरी सीमाबाट करिब १८ किलोमिटर टाढा पर्छ।

भूकम्पका गतिविधिहरू पछिल्लो समय देशका विभिन्न भागमा दोहोरिइरहेका छन्। जाजरकोट जिल्लामा मात्र पछिल्ला केही दिनयता पटक–पटक भू-गर्भीय कम्पन भइरहेको छ। मंगलबार बिहान ४:५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

यसअघि, सोमबार राति ९:३१ बजे पनि सोही स्थानमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। यद्यपि, यस भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

यस क्षेत्रमा भूकम्पको दोहोरो झट्का गत चैत २१ गते पनि महसुस गरिएको थियो। सो दिन साँझ ८:०७ बजे र ८:१० बजे लगातार दुई पटक ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो, जसका कारण केही घरहरूमा सामान्य क्षति पुगेको थियो।

भूकम्पीय गतिविधि यतिमा मात्र सीमित छैन। चैत २० गते दार्चुलामा ४ म्याग्निच्युड र चैत १२ गते हुम्लामा ४.५ म्याग्निच्युडको भूकम्प गएको विवरण भूकम्प मापन केन्द्रको वेबसाइटमा उल्लेख गरिएको छ।

देशका विभिन्न भूभागमा यसरी दोहोरिंदो भूकम्पीय हलचलले सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ। सरकारी तथा स्थानीय निकायहरूले नागरिकलाई सजग रहन र आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल